
नेपालको मौसमसम्बन्धी जानकारी प्रदान गर्ने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट सोमबार बिहान ह्याक भएको छ।

वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारीसहितको पेज मात्र देखिने अवस्था सिर्जना भएको छ।
आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउने ह्याकरले यो कार्य आफूले गरेको दाबी गरेको छ।

यस घटनाले मौसमसम्बन्धी सूचनामा निर्भर रहने नागरिक र सेवाहरू प्रभावित भएका छन्। यो समस्याबारे महाशाखाले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।































