धनगढीको शहीद गेट नजिक आगलागी, तीन पसलमा ठूलो क्षति

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–४ शहीद गेट नजिक आइतबार राति भएको आगलागीले तीनवटा पसलमा ठूलो क्षति पुर्‍याएको छ। राति करिब ८ बजे समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगलागीले ग्यालरी पूर्ण रूपमा नष्ट गरेको छ।

CP Hospital Dhangadhi

आगलागीका कारण ग्यालरीसँगै रहेका लवली टेलरिङ र अर्जुन आर्टस पनि प्रभावित भएका छन्। लवली टेलरिङको आधा भन्दा बढी भाग जलेर नष्ट भएको छ भने अर्जुन आर्टसमा समेत क्षति पुगेको छ।

nawajiwan
Attariya Hospital

आगलागी भएको २० मिनेटपछि धनगढी उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएको थियो। समीर मोबाइल ग्यालरी बन्द रहेकाले सुरुमा स्थानीयले आगलागीको थाहा पाएका थिएनन्। वरपरका पसल खुलेका कारण आगो फैलिन सुरु गरेपछि मात्र दमकल बोलाइएको थियो।

दमकल समयमा नआउँदा ग्यालरी पूर्ण रूपमा जलेर नष्ट भएको र अन्य दुई पसलमा पनि ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। आगलागीले ग्यालरीसँगै रहेको चक्र चन्दको घरको भित्तामा पनि क्षति पुर्‍याएको छ।

स्थानीयका अनुसार आगलागीको कारण विद्युत सर्ट हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन अझै बाँकी रहेको जनाएको छ।