रवि लामिछानेको हिरासत फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई काठमाडौंको थलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

निकोलस भुसालले कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रवि लामिछानेको तस्वीर सीसीटीभीबाट खिचेको स्वीकार गरेका छन्। उनका अनुसार, हिरासतको गेटभित्र सीसीटीभी देखेपछि त्यसमा लामिछाने सुतिरहेको अवस्थामा देखेर तस्वीर खिचेका थिए।

Attariya Hospital

यो घटनाले सार्वजनिक स्थलमा रहेका सीसीटीभीको दुरुपयोग र गोपनीयताको उल्लङ्घनसम्बन्धी बहसलाई थप बल दिएको छ। प्रहरी अनुसन्धानले यस मामिलामा थप जानकारी बाहिर ल्याउने अपेक्षा गरिएको छ।

nawajiwan