गोदावरी ११ को शिवगौडी टोलमा पक्की कल्भर्टको शिलान्यास

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ११ को शिवगौडी टोलमा पक्की कल्भर्टको शिलान्यास भएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको उपस्थितिमा वडा न. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाले पूजाआजा गरी शिलान्यास गरेका हुन ।

nawajiwan

शिवगौडी प्राथमिक बिद्यालय नजिकको बस्तीमा बर्षातको समयमा बालबच्चाहरुलाई आवत जावतमा समस्या हुदै गरेको स्थानियहरुको माग अनुसार यस ठाउँमा गोदावरी नगरपालिकाले १६ लाख लगानीमा कल्भर्ट निर्माणको काम आज बाट थालेको हो ।

वडा अध्यक्ष प्रेम सिंह बडैलाका अनुसार बिगत वर्षमा पनि यस ठाउँको समस्यालाई सामाधानका लागि जनताको मागहरुलाई यस पटक गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जनताको माग र आवश्यकतालाई मध्येनजर गर्दै माग सम्बोधन गरी योजना हाली दिएकोमा धन्यवाद ज्ञापन गरेका छन ।

Attariya Hospital

अनौपचारिक रूपमा सऎचालित कार्यक्रमा जनताको मागहरुल्ने सम्बोधन गर्न पाउन्दा आफू खुशी रहेको नगर प्रमुख भट्टले बताएका छन ।

स्थानिय जनताहरु यस ठाउँमा पक्की कल्भर्ट निर्माण हुदै गर्दा आफ्ना केही सपना साकार भएको समेत बताएका छन । गाउँ बस्तीमा समस्या धेरै भएता पनि धेरै मध्येको एक समस्या सामाधान भएको स्थानिय खडे कामीले बताएका छन ।

बर्षातको समयमा बालवच्चाहरुलाई स्कुल लैजान समस्या थियो अहिले गाउँमै पक्की कल्भर्ट बन्ने भए पछि खुसी छाएको सुनाउदै देवीलाल जोशीले बताएका छन ।