आइएमईमार्फत रकम पठाएकी गोदावरीकी प्रमिलाले जितिन् एक करोड रुपैयाँ

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीकी प्रमिला रोकायाले एक करोड रुपैयाँ जितेकी छिन् । विदेशमा कमाएको रकम आइएमई गर्दा उनले १ करोड रुपैयाँ जितेकी हुन्।

CP Hospital Dhangadhi

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो।

गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन्।

nawajiwan
Attariya Hospital

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन्।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो।

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो।