हिउँदे बर्षाले किसानलाई राहत, सिँचाइको समस्यामा सुधार

Image
Nisarga Hospital

पछिल्लो समयको हिउँदे बर्षाले नेपालका किसानहरूलाई ठूलो राहत दिएको छ। शुक्रबार रातिदेखि मौसममा आएको बदली र शनिबारको हिउँदे बर्षाले बालीनाली र हिउँदे फलफूलमा सिँचाइको काम गरेको कृषि प्राविधिकहरूले बताएका छन्।

CP Hospital Dhangadhi

कृषकहरूको अनुसार, हिउँदे बर्षाले खडेरीका कारण सुक्न थालेका बालीनालीलाई जीवनदान दिएको छ। खासगरी सिँचाइको सुविधाबिहीन क्षेत्रहरूमा यस बर्षाले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले भने, “लामो समयपछि भएको बर्षाले बालीनालीको विकासमा मद्दत पुर्‍याउनेछ।”

Attariya Hospital

साथै, हिउँदे बर्षाले पहाडी र हिमाली क्षेत्रमा चिसो बढाएको छ। उच्च क्षेत्रहरूमा हिमपातले चिसोमा वृद्धि भएको छ, जसले स्वास्थ्यमा प्रभाव पार्न सक्छ। स्वास्थ्यकर्मीहरूले बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्यको विशेष ख्याल गर्न आग्रह गरेका छन्।

nawajiwan