
देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ। यसको असरले तराईका धेरै स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान

बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।

तराई र उपत्यकाका धेरै स्थानमा बाक्लो हुस्सु पर्ने सम्भावना छ।
सतर्कता अपनाउन आग्रह
मौसममा हुने परिवर्तनले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।






























