
कैलालीको अत्तरियामा पद्मा अस्पतालका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनीले चिकित्सा क्षेत्रसँगै समाजसेवामा पनि योगदान पुर्याउँदै आएका छन्। उनले अस्पतालको आम्दानीको केही हिस्सा अनाथ र बेसहारा बालबालिकाको पालनपोषण, शिक्षा, र स्वास्थ्य सेवामा खर्च गर्दै आएका छन्।


डा. मौनीले आफ्नै पहलमा “महिला तथा बालबालिका सेभ हाउस” स्थापना गरी सडकमा बेसहारा अवस्थामा रहेका बालबालिकालाई आश्रय दिएका छन्। उनले बालबालिकाको स्वास्थ्य उपचार निःशुल्क गर्दै शिक्षा सुनिश्चित गर्न लगातार काम गरिरहेका छन्।

गोदावरी क्षेत्रका सामाजिक तथा सार्वजनिक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्ने डा. मौनीले आर्थिक सहयोग र जनचेतना अभियानमार्फत आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएका छन्। अनाथ बालबालिकाको संरक्षण र भलाइमा उनले देखाएको प्रतिबद्धता समाजसेवाको उदाहरण बनेको छ।






























