अनुसन्धानले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा सहयोग पुग्ने

Image
Nisarga Hospital

स्वास्थ्य क्षेत्रको अनुसन्धानले गुणस्तर वृद्धिमा सहयोग पुग्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले बताएका छन् । धनगढीमा आज आयोजना भएको सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानको आवश्यकता र सरोकारवाला तथा मिडियाको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन् ।

CP Hospital Dhangadhi

मन्त्री खड्काले राम्रो स्वास्थ्य नीति बनाउनका लागि पनि अनुसन्धान आवश्यक रहेको औंल्याउनु भएको छ। यसका लागि मिलेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।

मन्त्री खड्काले भन्नुभयो,“स्वास्थ्य सम्बन्धी हामीले कस्तो नीति बनाउने हो, कस्तो नीति बनाउँदा स्वास्थ्यमा गुणस्तर आउँछ रु त्यसका लागि पनि अनुसन्धान जरुरी छ।”

nawajiwan
Attariya Hospital

प्रदेशमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रदेश कार्यालयको आवश्यकता रहेको औंल्याउनुभयो। “यसका लागि आर्थिक पाटोमा हामी कसरी सहभागी हुनुपर्छ, त्यसमा पनि प्रतिबद्ध छौं”, खड्कालमे भने ।

प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र हेल्थटुडे मिडियाको आयोजनामा कार्यक्रममा हेल्थटुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यको अवस्था र आगमी दिनमा ३ वटै तहको सरकारले गनुपर्ने कामका बारेमा जानकारी दिएका छन् । त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्भकी वरिष् अनुसन्धान अधिकृत सुलोचना घिमिरेले नेपालमा अहिले सम्म स्वास्थ्य क्षेत्रमा भईरहेको अध्ययन अनुसन्धानका बारेमा जानकारी दिएकी थिईन ।