धनगढीमा अटो रिक्शामा बेहोस भएका व्यक्तिको मृत्यु

Image
Nisarga Hospital

धनगढीमा अटो रिक्शामा सवार भएका बेला बेहोस भएका ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने खत्री बिहीबार शहीदगेटदेखि चौराहा जाँदै गर्दा सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा बेहोस भएका थिए।

CP Hospital Dhangadhi

खत्रीलाई तत्काल उपचारका लागि मायामेट्रो अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्।

Attariya Hospital

प्रहरीले घटना सम्बन्धमा अनुसन्धानका लागि अटो चालक नारायण थापा र अटोमा सवार अर्का व्यक्ति मन्जुरी खानलाई नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

nawajiwan