प्रेस चौतारी नेपाल कैलालीको जिल्ला अधिवेशन माघ ११ गते हुने

Image
Nisarga Hospital

प्रेस चौतारी नेपाल कैलालीको जिल्ला अधिवेशन आगामी माघ ११ गते हुने भएको छ। शनिबार धनगढीमा बसेको जिल्ला कमिटीको बैठकले संगठनको केन्द्रीय सर्कुलरअनुसार माघ ११ गते अधिवेशन गर्ने निर्णय गरेको छ। बैठकपछि सचिव जनक विष्टले अधिवेशन तयारीका सबै कार्यसूचीहरूलाई यथाशीघ्र सम्पन्न गर्न निर्णय गरिएको जानकारी दिए।

CP Hospital Dhangadhi

बैठकमा जिल्ला अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा गरिएको थियो। साथै, अधिवेशनको एक हप्ता अगावै सदस्यता नवीकरण र नयाँ सदस्य वितरणको कार्य सम्पन्न गरिने निर्णय भएको छ।

अधिवेशन तयारीका लागि विभिन्न समिति गठन
अधिवेशनलाई सफल बनाउन अध्यक्ष भानुभक्त आचार्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। यसमा जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्यहरू समावेश गरिएका छन्।

nawajiwan
Attariya Hospital

त्यसैगरी, उपाध्यक्ष निराजन परियारको संयोजकत्वमा अधिवेशन परिचालन समिति गठन गरिएको छ, जसमा सहसचिव प्रेमसिंह विष्ट, सदस्य सागर परियार र तेज बोहरा रहेका छन्।
सचिव जनक विष्टको संयोजकत्वमा अधिवेशन तयारी समिति बनाइएको छ, जसमा सहसचिव नन्दलाल राना, सदस्य पूर्ण साउद र टेकसिंह धामी समावेश छन्।
कोषाध्यक्ष लोकुसिंह ठकुरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ, जसमा सदस्य दिनेश विष्ट र नरेशनाथ योगी रहेका छन्।

बैठकमा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

जिल्ला अधिवेशनले प्रेस चौतारी नेपाल कैलालीको आगामी योजना र नेतृत्व चयनमा महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ। प्रेस चौतारीलाई अधिवेशन सफलताको शुभकामना!