अत्तरियामा शुभद स्पोर्ट्स हाउस सञ्चालनमा

Image
Nisarga Hospital

अत्तरिया: महेन्द्रनगर रोडस्थित गोदावरी कम्प्लेक्सभित्र शुभद स्पोर्ट्स हाउस उद्घाटन गरिएको छ। युवा पुस्तालाई खेलकुदमा रुचि बढाउन र फिटनेसका लागि सहजीकरण गर्ने उद्देश्यले स्पोर्ट्स हाउस सञ्चालनमा ल्याइएको संचालक पुष्कर साउदले बताए।

oplus_131072

१५ लाख लगानीमा स्थापना गरिएको यस स्पोर्ट्स हाउसले खेलकुदका लागि आवश्यक सबै प्रकारका सामग्री उपलब्ध गराउने साउदले जानकारी गराए। शिक्षण पेशा गर्दै गरेका साउदले खेलकुद क्षेत्रको विकासमा आफ्नो योगदान पुर्‍याउन स्पोर्ट्स हाउस सञ्चालनमा ल्याएको उल्लेख गरे।
oplus_131074

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर शुभद स्पोर्ट्स हाउसको उद्घाटन गरे। प्रमुख भट्टले खेलकुदको माध्यमबाट पालिकाभित्रका युवाहरूलाई चिनाउन र उनीहरूको प्रतिभा उजागर गर्न यस स्पोर्ट्स हाउसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

oplus_131072

Attariya Hospital

शुभद स्पोर्ट्स हाउसले खेलकुद सामाग्रीहरूको सजिलो पहुँच सुनिश्चित गर्दै खेलकुदलाई थप प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। उद्घाटन कार्यक्रममा स्थानीय खेलकुदप्रेमी, पत्रकार, र युवाहरूको उपस्थिति रहेको थियो।

oplus_131072

nawajiwan

संचालक साउदले युवा पुस्तामा खेलकुदप्रतिको रुचि बढाउन र स्वस्थ जीवनशैली अपनाउनका लागि आफ्नो संस्थाले विशेष भूमिका खेल्ने बताए। अत्तरिया क्षेत्रमा पहिलोपटक खेलकुद सामग्रीको व्यवस्थित हबका रूपमा शुभद स्पोर्ट्स हाउसले स्थान बनाउने अपेक्षा गरिएको छ।