
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।


हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहनेछ।
सूर्योदय: बिहान ६:३४ बजे
सूर्यास्त: साँझ ६:०२ बजे
नवीनतम जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक स्रोतहरूमा ध्यान दिन अनुरोध गरिन्छ।




















