धनगढीका पाँच सामुदायिक बिद्यालयमा अध्यायनरत एक हजार १८३ छात्रालाई पोसाक वितरण

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले कोषमा जम्मा भएको ५७ लाख ४० हजार सात सय ५० रुपैयाँबाट विद्यालय पोसाक वितरणको काम सुरु भएको बताएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाका पाँच वटा नमुना विद्यालयहरूका छात्राहरूलाई पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाको भवानी माध्यमिक विद्यालय, ठेकराज माध्यमिक विद्यालय, शिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा माध्यमिक विद्यालय र चन्द्रदोय माध्यमिक विद्यालयका एक हजार एक सय ८३ छात्रालाई एक जोड सट र पाइन्ट, एक जोड ट्राउजर र भेस्ट, एक झोला, २ जोड जुत्ता, दुई जोड मोजा र एक सुइटरका दरले छात्राहरूलाई पोसाक वितरण गरिदैछ।

Attariya Hospital

भवानी माध्यमिक विद्यालय र शिद्धनाथ माध्यमिक विद्यालयमा पोसाक वितरणको काम सकिएको नगर प्रमुख हमालको सचिवालयले बताएको छ। तीन वटा विद्यालयहरूमा विद्यालय पोसाकको काम बाँकी रहेको छ। बैँक तथा वित्तीय संस्था र अन्य विभिन्न संस्थाहरूले कोषमा रकम जम्मा गरेका थिए।

nawajiwan

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकलाकुमारी राना, वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागितामा संस्थाका प्रमुख तथा प्रतिनिधिमार्फत नै पोसाक वितरण गर्दै छन्।

Advertize US