महाशिवरात्रिमा अत्तरियाको ब्रम्ह्मा कुमारी विश्व विद्यालयद्वारा विविध कार्यक्रम

Image
Nisarga Hospital

अत्तरिया: महाशिवरात्रिको अवसरमा अत्तरियास्थित ब्रम्ह्मा कुमारी ईश्वरीय विश्वविद्यालयले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम ब्रम्ह्मा कुमारी विश्वविद्यालयकी संचालिका रविनाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा केक काट्ने, पूजाआजा, प्रसाद ग्रहण तथा शुभकामना आदानप्रदान जस्ता गतिविधिहरू भएका थिए।

oplus_131074

CP Hospital Dhangadhi

कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले समाजलाई सत्मार्गमा डो¥याउन ब्रम्ह्मा कुमारी विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आफू पनि यस संस्थासँग आबद्ध रहेको उल्लेख गर्दै ओम शान्तिबाट इमान्दारिता, नैतिकता र अनुशासन सिकेको बताए। साथै, नगरपालिकाले सबै सामाजिक तथा धार्मिक संघसंस्थालाई समान प्राथमिकता दिने बताए।

oplus_131072

महाशिवरात्रि पर्वलाई भव्य बनाउन नृत्य, शिव भजन तथा अन्य सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

nawajiwan
oplus_131072
Attariya Hospital
oplus_131072
oplus_131074
oplus_131074