काठमाडौंमा अहिले नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल हुदै (भिडियो सहित)

Image
Nisarga Hospital

काठमाडौंको दशरथ रंगशालामा आज साँझ ६ बजे नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ। यस प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै उपाधिका लागि भिड्न लागेका हुन्।

CP Hospital Dhangadhi

फाइनल खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् भने अघिल्लो खेलका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ बेन्चमा रहनेछन्। म्यानमारले आफ्नो टोलीमा आठ परिवर्तन गरेको छ, जसमा तीन खेलाडी मात्र अघिल्लो खेलका हुन्।

nawajiwan
Attariya Hospital

नेपालले अहिलेसम्म १२ पटक विभिन्न प्रतियोगिताको फाइनल खेले पनि उपाधि जित्न सकेको छैन। यो पटक वरियतामा ४८ स्थान माथि रहेको म्यानमारलाई हराएर पहिलो पटक उपाधि जित्ने लक्ष्य नेपाली टोलीले लिएको छ।

खेलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन र एन्फाको युट्युब च्यानलमार्फत हुनेछ। दशरथ रंगशालामा प्रधानमन्त्रीसहित ठूला पदाधिकारीहरू उपस्थित हुने अनुमान गरिएको छ।

Advertize US