MPDS द्वारा बिपद ब्यवस्थापन जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखीकरण

Image
Nisarga Hospital

बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा को आयोजनामा बिपद ब्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम कैलारी गाउँपालिका वडा नं ५ मुक्त कमैया सपना शिबिरमा सम्पन्न भएको छ

CP Hospital Dhangadhi

सिमान्तकृत कुमाल समुदाय र मुक्त कमैयाको बसोबास रहेको बन्दरगौडी र सपना शिबिरमा हरेक बर्ष बाढी डुबानको जोखिम रहदै आएकाले संस्थाले बिपद टास्कफोर्स गठन गरि बिपद ब्यवस्थापन सम्बन्धि कार्यक्रम संचालन गर्दे आईरहेको छ ।


कैलारी गाउँपालिकाको समन्वय,KERK IN ACTIE को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम अायोजना गरिएको हो ।

nawajiwan
Attariya Hospital

बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले अभिमुखीकरण गरिएको थियोे ।

उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ ।
अभिमुखीकरण कार्यक्रममा सामाजिक अगुवा कमला चौधरीले पालिकासंगको सहकार्यमा संस्थाले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा हाम्रो ठाउँमा अत्यन्तै राम्रो कार्यहरु गरिरहेको बताउनु भयो । उहाँले टास्क फोर्स प्रदान गरिएको अभिमुखिकरणले उनिहरुको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा सहयोग पुग्ने बताउनुभयो

कार्यक्रममा बिपद जोखिम न्यूनीकरण,पूर्व तयारी,प्रतिकार्य योजना,टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि,पूर्व सूचना प्रणाली,बिपद बजेट योजना,जैबिक तटबन्ध लगायतका बिषयमा बहुउद्देश्यीय बिकास समाजका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले सहजीकरण गरेका थिए ।

# ट्रेण्डिङ