
अत्तरिया: नेपाली कांग्रेस कैलालीका नेता तथा यस क्षेत्रका वरिष्ठ समाजसेवी, अत्तरिया खानेपानी संस्थाका अध्यक्ष आदरणीय टिकादत्त जोशीको असामयिक निधन भएको छ।

निमोनियाको समस्याले बिहिबार सेती प्रादेशिक अस्पताल भर्ना भएका जोशीको राती साढे १२ बजे निधन भएको हो ।

गोदावरी नगरपालिका वडा नम्बर-४ निवासी जोशी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहनुका साथै अत्तरिया वन उपभोक्ता राष्ट्रिय महासंघका महासचिव,साना सहरी खानेपानी तथा सरसफाई राष्ट्रिय महासंघका केन्द्रिय सदस्य,अत्तरिया सामुदायिक सिकाई केन्द्रका निवर्तमान अध्यक्ष रहेका थिए ।

६९ वर्षीय जोशी अत्तरियाका विभिन्न सामाजिक संस्थाहरुमा सल्लाहकारको भूमिकामा समेत थिए । जोशीको असामहिक निधनले समाजमा अपुरणीय क्षति भएको भन्दै अत्तरिया क्षेत्रमा सामाजिक व्यक्तिहरुले सामाजिक सञ्जालमा दुख व्यक्त गरिरहेका छन् ।


















