अत्तरियाको सुप समावेशी आधारभूत विद्यालयलाई साल्ट ट्रेडिङ्गको सहयोग

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले विभिन्न सामग्री सहयोग गरेको छ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरका अनुसार विद्यालयलाई ९० वटा स्कुल झोला, केही सपिङ्ग ब्याग, भेष्ट तथा एक बोरा आयोडिन नुन प्रदान गरिएको छ।

उनले फेब्रुअरी महिनालाई सरकारले आयोडिन महिना रूपमा मनाउने भएकाले सो अभियान अन्तर्गत विद्यालयमा सामग्री वितरण गरिएको बताए। साथै, उनले साल्ट ट्रेडिङ्गले प्रदेशभर १५ विद्यालय, १० स्वास्थ्य चौकीमा सामग्री वितरण गर्नुका साथै ५ वटा हाटबजारमा माइकिङ गरी आयोडिन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

4o
Advertize US