विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग आजदेखि भारतमा सुरु हुँदै

Image
Nisarga Hospital

विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। नेपाली समयअनुसार साँझ ७:४५ बजे कोलकातास्थित इडेन गार्डेन्समा उद्घाटन खेल हुनेछ, जसमा साविक विजेता कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

उद्घाटन खेलअघि अभिनेत्री दिशा पटनी र गायिका श्रेया घोसाललगायत कलाकारहरूको प्रस्तुति रहनेछ। गत सिजनको विजेता कोलकाताले उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ भने बेंगलुरु पहिलो उपाधि जित्ने प्रयासमा हुनेछ। आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स सर्वाधिक ५ उपाधिसहित सबैभन्दा सफल टोली रहेका छन्।

nawajiwan