राजावादीहरुको हिंसात्मक आन्दोलनको खिलापमा नेविसंघ त्रि-चन्द्र क्याम्पसको प्रदर्शन

Image
Nisarga Hospital

काठमाडौंः नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले हिजो चैत्र १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरु अराजक, हिंसात्मक र लुटपाटजन्य अपराधिक आन्दोलनको विरुद्वमा एक कार्यक्रम गएको छ । सार्वभौमसत्ता सम्पन्न अधिकारप्राप्त संविधानसभा मार्फत प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका खिलापमा अपराधिक गतिविधि सलबलाएको भन्दै त्यसलाई निस्तेज पार्न कार्यक्रम गरिएको नेविसंघ नेता अशोक धामीले बताएका छन् ।

CP Hospital Dhangadhi

उक्त आन्दोलनका क्रममा हत्या गरिएका एभी न्युजका पत्रकार सुशील रजक र नागरिक सबिन महर्जनलाई श्रद्धाञ्जली व्यक्त गर्दै विद्यार्थीहरुले गणतन्त्रका पक्षमा नाराबाजी गरि कोणसभा गरिएको थियो ।

nawajiwan
Attariya Hospital

नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले क्याम्पस प्रांगण अगाडि नाराबाजी गर्दै कोणसभा गरि भाषणबाजी गरेका थिए । कार्यक्रममा स्ववियु सभापति पदका उम्मेदवार द्वय विवेक बानिया र श्रीधर श्रेष्ठले छोटो मन्तव्य दिएका थिए भने नेविसंघ केन्द्रीय सदस्य केशर जंग बमले दशकौ अगाडि दाहसंस्कार गरिएका राजतन्त्रका प्रेतआत्माहरु सलबलाएर अराजक, अनैतिक, हिंसात्मक र अपराधिक गतिबिति गर्न खोजेको प्रति नेविसंघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको र त्यसका प्रतिवादमा नेपाल विद्यार्थी संघ सचेत रहेको भन्दै कार्यक्रम समापन गरेको नेविसंघ नेता सहदेव खत्रीले बताएका छन् ।

# ट्रेण्डिङ