गोदावरी नगरपालिकामा नेपाल स्काउटद्वारा दीक्षान्त समारोह सम्पन्न

Image
oplus_2
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा नेपाल स्काउटले दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

CP Hospital Dhangadhi

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकामा स्काउटको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुखद्वारा सुरक्षा निकायका सदस्यहरु लाई दीक्षित गरिएको छ । नेपाल स्काउटको गोदावरी नगर स्तरीय समितिले प्रमुख संरक्षक तथा गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा देवी रोकायालाई यस अघि नै दीक्षित गरेको थियो ।

nawajiwan
oplus_2

नेपाल स्काउट नियमावली ७७ (संसोधन ) अनुसार स्थानीय तहको कार्यपालिकाको प्रमुख वा अध्यक्ष “स्थानीय स्काउट संरक्षक”, स्थानीय तहको कार्यपालिकाको उप-प्रमुख वा उपाध्यक्ष “स्थानीय प्रमुख स्काउट” र स्थानीय तहको शिक्षा तथा युवा शाखा हेर्ने कर्मचारी स्थानीय स्काउट परिषद्को सदस्यसचिव रहने व्यवस्था छ ।

यसै नियमावली बमोजिम आज गोदावरी नगरपालिका, कैलालीका कार्यपालिका प्रमुख बिरेन्द्र भट्ट र उप-प्रमुख शारदा देवी रोकायाले नगर परिषद्का सदस्य हरुलाई दिक्षा तथा पद गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल स्काउट राष्ट्रियका कार्यकारी सदस्य तथा राष्ट्रिय प्रशिक्षक जहर सिंह थापा, गोदावरी नगरपालिका, कैलालीका स्थानीय प्रमुख आयुक्त ललन प्रसाद चौवे, स्काउट मास्टर, सुरक्षा कर्मीहरूको उपस्थिति रहेको थियो ।

बालबालिका लाई स्काउटमा आवद्ध गराएर शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित स्वावलम्बी र चरित्रवान् तुल्याई सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन जिल्ला स्तरीय समितिले काम गर्न नगर प्रमुख भट्टले निर्देशन दिनुभयो ।

oplus_2

साथै आजका बालबालिका भोलिका कर्णधार रहेकाले बालबालिकामा सच्चरित्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । बालबालिकामा नैतिकताको एकदमै जरुरत रहेकाले स्काउटले उनीहरूलाई नैतिकताका कुरा बढि मात्रामा सञ्चार गर्न रिजालले अनुरोध गर्नुभयो ।

युवा तथा बालबालिकाहरूको सर्वाङ्गीण विकास गरी अनुशासित, मर्यादित, स्वावलम्बी, कर्तव्यनिष्ठ नागरिक बन्न उत्प्रेरणा दिने र स्वयम सेवाको भावना जगाउने साथै जीवन उपयोगी र व्यवहारिक शिक्षा दिने, विपद व्यवस्थापनमा सदैव अग्रपङ्तिमा उभिने जस्ता गतिविधि गरि रहेकोले गोदावरी नगरपालिकालाई प्रदेशकै अब्बल नगरपालिका बनाउनमा प्रमुख तथा उपप्रमुखले प्रतिबद्धता जनाउनु भएको जानकारी स्थानीय प्रमुख चौवे ले बताउनु भएको छ ।

oplus_2
Attariya Hospital

साथै उहाँले आगामी आर्थिक वर्षमा नगरपालिका बाट स्काउटिङ सन्चालनका लागि योजना सहितका बजेट मागपत्र नगरप्रमुख तथा उपप्रमुख द्वयलाई बुझाउनु भएको थियो ।

भएका सुरक्षा निकायका सदस्यहरु

इन्द्र राज भट्ट

वीर सिंह महता

मान बहादुर खड्का

यशोदा ध्याडी कडायत

वेद प्रकाश पाण्डे

लक्ष्मी भट्ट

सदस्य सचिव प्रया

ग राज जोशी रहेका थिए ।

# ट्रेण्डिङ