देशका अधिकांश भागमा मौसम सफा, केही उच्च भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईका जिल्लामा तापक्रम बढ्दै

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्यत्र मौसम मुख्यतः सफा छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अन्य क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ।

Attariya Hospital

महाशाखाले सुख्खा अवस्था, आगलागी र वायु प्रदूषणको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसले स्वास्थ्य, जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर पार्न सक्नेछ।

nawajiwan
Advertize US