गोदावरी नगर स्तरीय बाल सञ्जालका सदस्यहरु अवलोकन भ्रमणमा

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको नगर स्तरीय बाल सञ्जालका सदस्यहरु अवलोकन भ्रमणमा निस्किएका छन् ।

CP Hospital Dhangadhi

आइतबार गोदावरी नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्रीको नेतृत्वमा सञ्जालका १६ जना सदस्यहरु ७ दिने अवलोकन भ्रमणमा निस्किएका हुन् ।

उनीहरुले बालमैत्री स्थानीय तह घोषणा भएका पालिकाहरुको अवलोकन गर्ने शाखा प्रमुख खत्रीले बताइन् ।

nawajiwan
Attariya Hospital

सञ्जालका सदस्यहरुले नवलपरासी,चितवन,कपीलवस्तु तथा काँस्कीमा बालमैत्री स्थानीय तह घोषणा भएका स्थानीय तहहरुको अवलोकन गर्ने बताइएको छ ।

स्थानीय तहलाई बालमैत्री स्थानीय तह घोषणा गर्न विभिन्न सूचकहरु पूरा गर्नुपर्ने हुन्छ ।

Advertize US