आईपीएल क्रिकेटमा पन्जाबको दमदार जित, चेन्नईलाई १८ रनले हरायो

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ। २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेट गुमाउँदै २०१ रनमै रोकिएको हो।

CP Hospital Dhangadhi

पन्जाबको जितमा प्रियांश आर्यले विस्फोटक शतक प्रहार गरे। उनले ३९ बलमा ९ छक्का र ७ चौकासहित १०३ रन बनाए। उनी आईपीएल इतिहासमा ३९ बलमा शतक बनाउने चौथो तीव्र गतिका खेलाडी बने। यसअघि युसुफ पठान (३७ बल), मिलर (३८) र गेल (३९) बलमा शतक बनाइसकेका छन्।

आर्यलाई चेन्नईले दुईपटक जीवनदान दिएको थियो। उनी आउट हुँदा पन्जाबले ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। शशाङ्क सिंहले ५२ रन र मार्को जेन्सनले ३४ रनको योगदान दिए।

nawajiwan
Attariya Hospital

चेन्नईका लागि रचिन रविन्द्रले ३६, कोन्वेले ६९ (रिटायर्ड हर्ट), दुवेले ३२ र धोनीले २७ रन बनाए।

यो जितसँगै पन्जाब ४ खेलमा ३ जितसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चेन्नई ५ खेलमा लगातार चौथो हारसँगै नवौँ स्थानमा झरेको छ।

Advertize US