
धनगढी :सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा आज भईरहेको गइरहेको मतदान प्रक्रिया सुरु भएको छ । अहिले विहान ८ बजेर ४० मिनेटबाट विधिवत रुपमा मतदान प्रक्रिया सुरु भएको स्ववियु निर्वाचन अधिकृत सहप्राध्यापक तर्कराज भट्टले वताउनुभयो।

आजको मतदान प्रक्रियामा पहिलो मत यस क्याम्पसमा एम.ए. तेस्रो सेमेस्टरमा अध्ययनरत ७५ वर्षिय पुर्णानन्द जोशीले खसाउनु भएको छ । यस क्याम्पसमा दर्ता भएका विभिन्न ११ वटा संघ, संगठन, समुह र स्वतन्त्र गरि प्रत्यक्ष तर्फ अध्यक्ष पदका लागि ६ जना, सचिव पदमा ६ जना, कोषाध्यक्ष पदमा ५ जना र सदस्यमा ३४ जनाबिच चुनावी प्रतिस्पर्धा हुँदै छ ।

आजको मतदान प्रक्रियाका लागि कैलाली बहुमुखी क्याम्पसमा ३ हजार ५९० जना मतदाता रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभएको छ ।

मतदान प्रक्रिया विहान ८ बजेदेखि वेलुका ४ बजेसम्म कायम रहने उहाँले बताउनुभयो। निर्वाचन प्रक्रिया सुरु भएसंगै क्याम्पसमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।





























