कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : १००० मत खसिसके

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसमा आज बिहानदेखि स्ववियु (स्ववियु) निर्वाचनका लागि मतदान जारी छ। बिहान ८:४० बजेबाट विधिवत रूपमा सुरु भएको मतदानमा अहिले सम्म १,००० मत खसिसकेको निर्वाचन अधिकृत तथा सहप्राध्यापक तर्कराज भट्टले जानकारी दिनुभयो।

CP Hospital Dhangadhi

मतदान प्रक्रियामा पहिलो मत ७५ वर्षीय पूर्णानन्द जोशीले खसाएका हुन्। उहाँ एम.ए. तेस्रो सेमेस्टरका विद्यार्थी हुनुहुन्छ।

क्याम्पसमा दर्ता भएका ११ वटा विद्यार्थी संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ अध्यक्ष पदमा ६ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ५ जना तथा सदस्य पदमा ३४ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

nawajiwan
Attariya Hospital

क्याम्पसमा जम्मा ३,५९० जना मतदाता रहेको र मतदान प्रक्रिया बेलुका ४ बजेसम्म जारी रहने अधिकृत भट्टले बताउनुभयो।

निर्वाचन शान्तिपूर्ण र व्यवस्थित बनाउनका लागि क्याम्पस परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको मतदान स्थलमा भीडभाड व्यवस्थित गर्न सुरक्षाकर्मी खटाइएका छन्।

मतगणना आज राति नै सुरु हुने अनुमान गरिएको छ भने प्रारम्भिक नतिजा भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ