कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा आचारसंहिता उल्लंघन, कांग्रेसका पदाधिकारीविरुद्ध उजुरी

Image
Nisarga Hospital

कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पदाधिकारीविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गरिएको छ।

CP Hospital Dhangadhi

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस कैलालीमा पार्टीका जिल्ला सचिव केशव मिश्र, नेविसंघका केन्द्रीय सदस्य घनश्याम बम र २०७९ सालमा नेविसंघबाट कोषाध्यक्ष बनेकी अम्बिका चौधरीविरुद्ध कारबाहीको माग गरिएको हो।

नेविसंघका अनुसार, २०७९ सालको स्ववियु निर्वाचनमा पार्टीबाट प्राप्त रकम उम्मेदवारहरूमध्ये अम्बिका चौधरीलाई मात्र दिइएको थियो। अन्य उम्मेदवारहरूलाई रकम नदिई अनियमितता गरिएको र त्यसैको निरन्तरता स्वरूप हालको निर्वाचनमा पनि उम्मेदवार अम्बिकालाई स्वतन्त्रबाट उठाएर नेविसंघका उम्मेदवारलाई असहयोग गरिएको उजुरीमा उल्लेख छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, केन्द्रीय सदस्य बमले पनि अम्बिकालाई नेविसंघको आधिकारिक उम्मेदवार बताउने अभिव्यक्ति दिएको, उनको पक्षमा घरदैलो अभियान चलाएको, सामाजिक सञ्जालमा ‘स्वतन्त्र जिताउ’ अभियान चलाएर नेविसंघविरुद्ध प्रचार गरेको आरोप उजुरीमा लगाइएको छ।

नेविसंघ कैलाली बहुमुखी क्याम्पस इकाइले प्रस्तुत गरेको सिफारिसमा भनिएको छ, “पार्टी र नेविसंघको विधान, आचारसंहिता तथा मर्यादाविपरीत गतिविधिमा संलग्न भई उम्मेदवार र संगठनलाई क्षति पुर्‍याउनेहरूमाथि विधानअनुसार अनुसन्धान गरी आवश्यक कारबाही गरियोस्।”

उजुरीमा उजुरीदाताहरूको हस्ताक्षर, प्रमाणहरू, उम्मेदवारहरूको संयुक्त निर्णयलगायतका कागजातहरू संलग्न गरिएको छ।
यस उजुरीपत्र नेपाली कांग्रेसको अनुशासन समिति, नेविसंघ केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमिति तथा अन्य सम्बन्धित निकायहरूमा पनि पेश गरिएको जनाइएको छ।

Advertize US