कक्षा १२ को वार्षिक परीक्षा यथावत्, भ्रामक सूचनामा विश्वास नगर्न बोर्डको आग्रह

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

परीक्षा स्थगित भएको भनी सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक सूचनाप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले परीक्षासम्बन्धी सबै आधिकारिक सूचना आफ्नै वेबसाइटमार्फत मात्र सार्वजनिक गरिने जनाएको छ। त्यसबाहेक अन्य स्रोतबाट प्राप्त हुने सूचना अथवा हल्लामा विश्वास नगर्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई अनुरोध गरिएको छ।

nawajiwan
Attariya Hospital

“परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याड र अध्यक्षको स्क्यान हस्ताक्षर दुरुपयोग गरी गलत सूचना फैलाउनेहरूमाथि साइबर कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ,” बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

विद्यार्थीलाई शान्त मनले तयारीमा जुट्न आग्रह गर्दै बोर्डले भनिएको छ, “कृपया बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको सूचनामा विश्वास नगर्नुहोस्, परीक्षाको तयारीलाई निरन्तरता दिनुहोस्।”

सहज र मर्यादित वातावरणमा परीक्षा सञ्चालनका लागि बोर्डले अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गर्न पनि आग्रह गरेको छ।

# ट्रेण्डिङ