गोदावरी -३ चौकीडाँडाको गौरा मन्दिर परिसरमा श्रीखण्डका बोट रोपिँदै, सौन्दर्य र संरक्षणमा जोड

Image
Nisarga Hospital

अत्तरियाः  गोदावरी नगरपालिका वडा न. ३ को चौडीडाँडा क्षेत्रको ऐतिहासिक गौरा मन्दिर परिसरमा श्रीखण्डका बोटबिरुवा रोपिने भएको छन। मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत कृष्णदत्त भट्टसहित प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी यसको तयारी गरेका हुन्।

CP Hospital Dhangadhi

nawajiwan

डिभिजन वन कार्यालयले मन्दिर परिसरको सौन्दर्यकरण, संरक्षण तथा धार्मिक महत्व झल्काउनका लागि श्रीखण्डका बोट रोप्न र तारजालीले घेर्न करिब ५ लाख रुपैयाँ बराबरको लगानी गर्ने जनाएको छ।

Attariya Hospital

निरीक्षणका क्रममा डिभिजन वन अधिकृत भट्टले मन्दिर परिसरमा खाली जमिनमा बोटबिरुवा रोपिने र मन्दिरको धार्मिक आस्थासँग जोडिएको वातावरण अझै संरक्षण गर्नेतर्फ ध्यान केन्द्रित गरिएको बताए। “स्थानीयको माग र नगरप्रमुखको पहलमा हामीले स्थलगत अवलोकन गरेका हौं,” उनले भने।

नगरप्रमुख भट्टले गोदावरी क्षेत्रको संस्कृति, धार्मिक महत्व र पर्यटन प्रवर्द्धनको उद्देश्यले बृक्षारोपणको योजना अघि बढाइएको बताए। गौरा पर्व लामो समयदेखि यस क्षेत्रमा विशेष श्रद्धाका साथ मनाइँदै आएकोले मन्दिरलाई अझ धार्मिकमय बनाउनका लागि यो पहल गरिएको उनको भनाइ छ।

त्यसैगरी, गौरा मन्दिर समिति अध्यक्ष नरेन्द्रराज भट्टराईले शिव–पार्वतीको मूर्ति रहेको पौराणिक मन्दिरमा वृक्षारोपणले मन्दिरको संरक्षण र सम्बर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

oplus_0

# ट्रेण्डिङ