धनगढीमा १९ वटा सडक कालोपत्रको काम अन्तिम चरणमा

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ६ वटा ठेक्का मार्फत धनगढीका १९ सडक कालोपत्र गर्न सम्झौता गरेको थियो।
प्रदेश सरकारले गत वैशाखमा सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेकोमा काम अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा १५ किलोमिटर नाली र ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको हो।

CP Hospital Dhangadhi

हालसम्म १२ वटा सडकको नालीसहित कालोपत्रको काम सकिएको पूर्वाधार कार्यालय, धनगढीका सूचना अधिकारी विनोद खड्काले बताए। उनले भने, ‘कालोपत्रको काम हुँदैछन्। १०/१२ सडक कालोपत्र गरिएका छन्। केहीको चैतमा समय सकिएको छ। केहीको असारमा सकिदैछ।’ पूर्वाधार विकास कार्यालय, कैलालीले ५२ करोड चार लाख ३४ हजार चार सय ५० रुपैयाँमा ६ वटा ठेक्का मार्फत सडक कालोपत्र गर्दै छ।

Attariya Hospital

प्रदेश सरकारले हाल टेम्पल रिसोट–शिवपुरी धाम–तुलसी चोक सडक कालोपत्रको काम गर्दै छ। रुबस होटेल–बैयाबेहडी सडक कालोपत्र गरिएको छ। पुरानो भन्सार रोड, पुष्पलाल चोक–धनगढी गाउँ सडक, त्रिवेणी सडक, चटकपुर–फाप्ला सडक कालोपत्रको काम जारी छ।

nawajiwan

गठबन्धन चोक– शिवपुर धाम सडक र सहिद गेट–शिवपुरी न्यूरोड सडक कालोपत्र गरिएको छ। मैदामिल–हिमाली गाउँ–कैलाली गाउँ सडक, बहिरा स्कुल सडक, कृष्ण टोल सडक र खप्तड बडीमालिका टोल सडक कालोपत्र गर्न ठेक्का गरिएको छ।
असारसम्म सबै १९ वटै सडक कालोपत्रको काम पूरा गर्ने लक्ष्यमा प्रदेश सरकार रहेको छ। २०८१ को वैशाखमा सम्झौता गरिएको धनगढीका १९ सडक निर्माणको काम २०८२ असारसम्म पूरा गर्नुपर्ने छ।

Advertize US