भारत भ्रमणमा गएको मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको टोलीलाई दिल्लीमा स्वागत

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा भारत भ्रमणमा गएको टोलीलाई दिल्लीमा स्वागत गरिएको छ ।

CP Hospital Dhangadhi

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमा भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा, भारत सरकारको तर्फबाट नेपाल हेर्ने डेपुटी सेक्रेटरी साकेता, नेपाल र भुटान नर्थ डेस्क हेर्ने एडिसनल सेक्रेटरी मुनु महाबर र काउन्सुलर नविन अधिकारीले स्वागत गर्नु भएको हो ।

Attariya Hospital

भारत सरकारको निमन्त्रणामा मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको हो ।

nawajiwan

नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात दुबै देशको तर्फबाट मुख्यमन्त्री स्तरिय ‍औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको छ। बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ।

Advertize US