आईपीएलमा कोलकाताको १४ रनको रोमाञ्चक जित

Image
Nisarga Hospital

मंगलबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ। सुनिल नारायणको उत्कृष्ट अलराउण्ड प्रदर्शन खेलको निर्णायक बन्यो।

CP Hospital Dhangadhi

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। रहमुल्ला गुरबाजले १२ बलमा २६ रन, नारायणले १६ बलमा २७ रन, र कप्तान अजान्का रहानेले १४ बलमा २६ रन जोडेर विस्फोटक सुरुवात दिलाए। त्यसपछि अंगरिस रघुवंशीले ३२ बलमा ४४ रन र रिकु सिंहले २५ बलमा ३६ रन बनाए।

Attariya Hospital

कोलकाताको २०५ रनको लक्ष्य पछ्याउँदै दिल्लीले ९ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। दिल्लीले राम्रो सुरुवात गरे पनि कप्तान अक्षर पटेल र फाफ डु प्लेसिसको साझेदारीले खेल रोमाञ्चक बनाएको थियो। पटेलले २३ बलमा ४३ रन बनाए भने डु प्लेसिसले ४५ बलमा ६२ रन प्रहार गरे। दुवैले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे।

nawajiwan

तर, नारायणले १४ औं ओभरमा पटेललाई आउट गरेपछि खेलको मोड फेरियो। त्यसपछि कोलकाताले अन्तिम १७ बलमा ५ विकेट लिएर दिल्लीलाई दबाबमा पारेको हो। नारायणले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। वरुण चक्रवर्तीले २ विकेट लिए भने अङ्कुल रोयले १ विकेट लिए। दिल्लीका विपराज निगमले १९ बलमा ३८ रन जोडे।

# ट्रेण्डिङ