
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ।


बोर्डले एक विज्ञप्तिमार्फत परीक्षा सन्दर्भमा सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी भ्रामक सूचना फैलाइएकोप्रति आपत्ति जनाउँदै त्यस्ता भ्रामक प्रचारमा नपर्न आम नागरिकलाई आग्रह गरेको छ। बोर्डले आफ्नो आधिकारिक सूचना मात्र वेबसाइटमार्फत सार्वजनिक हुने र बोर्डको कुनै आधिकारिक फेसबुक पेज नरहेको समेत स्पष्ट पारेको छ।
यसअघि परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने तय भएको भए पनि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण मिति परिवर्तन गरिएको थियो। तर, अब महासङ्घसँग सहमति भइसकेकाले तोकिएका केन्द्रहरूबाट परीक्षा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ।
परीक्षा मर्यादित र सफल रूपमा सम्पन्न गर्न बोर्डले सबै परीक्षा केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।



















