
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२५ जुनमा स्कटल्याण्डमा आयोजना हुने शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

घोषित टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तानको भूमिकामा रहनेछन्। टोलीमा अनुभवी खेलाडीहरूसँगै युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ।
घोषित राष्ट्रिय टोलीः

-
रोहित पौडेल (कप्तान)
-
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
-
आसिफ शेख
-
कुशल भुर्तेल
-
अनिल कुमार साह
-
भीम सार्की
-
आरिफ शेख
-
बशिर अहमद
-
गुल्शन कुमार झा
-
सन्दीप लामिछाने
-
सोमपाल कामी
-
करण केसी
-
ललित नारायण राजवंशी
-
नन्दन यादव
-
रिजन ढकाल

लिग–२ पश्चातको टी–२० टोलीका अतिरिक्त खेलाडीहरूः
क्यानले विश्वकप लिग–२ शृंखला सकिएपछि आगामी टी–२० अन्तर्राष्ट्रिय खेलका लागि थप तीन खेलाडीको नाम पनि सार्वजनिक गरेको छ:
-
किरण ठगुन्ना
-
रुपेश कुमार सिंह
-
लोकेश बम
क्यानले टोली छनोट गर्दा हालसम्मको प्रदर्शन, अनुभव र आगामी खेलहरूको रणनीतिक आवश्यकतालाई ध्यानमा राखेको जनाएको छ।




















