भारत–पाक युद्धविरामसँगै IPL पुनः सुरु हुने, विदेशी खेलाडी फर्काउन दबाब

Image
Nisarga Hospital

भारत र पाकिस्तानबीच शनिबार घोषित युद्धविरामपछि भारतीय क्रिकेट बोर्ड (BCCI) ले स्थगित गरिएको IPL 2025 पुनः सुरु गर्न प्रक्रिया अघि बढाएको छ।

CP Hospital Dhangadhi

BCCI उपाध्यक्ष राजीव शुक्लाका अनुसार, आइतबार IPL संचालन परिषद र पदाधिकारीहरू बैठकमा बसेर औपचारिक निर्णय लिनेछन्। सरकारको अनुमति मिलेमा प्रतियोगिता मे १५ बाट फेरि सुरु हुन सक्ने सम्भावना रहेको क्रिकइन्फो ले जनाएको छ।

एक साताअघि सीमा तनावका कारण आइपिएल स्थगन गरिएको थियो। मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सको खेल पहिलो इनिङमै रोकिएको थियो। अहिले सबैभन्दा ठूलो चुनौती विदेशी खेलाडी र कोच स्टाफलाई पुनः भारत फर्काउने हो। धेरै खेलाडीले तनावपछि भारत छोडिसकेका छन्।

nawajiwan
Attariya Hospital

अब बाँकी १६ खेल दक्षिण भारतका तीन सहर — चेन्नई, हैदराबाद र बेंगलुरु — मा गराउने तयारी छ। प्रतियोगिता जुन ११ मा लर्ड्समा हुने टेस्ट च्याम्पियनशिप फाइनलअघि सक्नुपर्ने दबाब छ।

सिजनका ५७ खेल सम्पन्न भइसकेका छन्। सात टोली प्लेअफको होडमा छन् भने चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्रतियोगिताबाट बाहिरिएका छन्।

Advertize US