
हाल देशमा सक्रिय पश्चिमी वायु तथा स्थानीय वायुले गर्दा विभिन्न भूभागमा मौसम अस्थिर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशमा सामान्य बदली रही कोशी र बागमती प्रदेशका पहाडी भेगमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभाग मुख्यतः सफा रहने अपेक्षा गरिएको छ। यद्यपि, कोशी, बागमती, र गण्डकीका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना कायम छ।


त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने चेतावनी पनि दिइएको छ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।



















