थाइल्याण्ड ग्लोबल छनोटमा प्रवेश, नेपाल र यूएईबीचको खेल निर्णायक

Image
Nisarga Hospital

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री चरणको पहिलो खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।

CP Hospital Dhangadhi

आइतबार बिहान सम्पन्न खेलमा शानदार प्रदर्शन गर्दै थाइल्याण्डले युएईलाई पराजित गरेपछि अब बाँकी एक स्थानका लागि नेपाल र युएईबीचको खेल ‘डु–अोर–डाइ’ भएको छ। सोमबार हुने उक्त खेल दुबै टोलीका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ, जहाँ विजेताले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

हालसम्म नेपालले ५ अंक र यूएईले ६ अंक जोडिसकेका छन्। यदि सोमबार नेपाल विजयी भयो भने ७ अंकसहित ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। तर यदि यूएईले जित्यो भने उनीहरूको अंक ८ पुग्नेछ र नेपालको अन्तिम खेलको नतिजा महत्वहीन हुनेछ।

nawajiwan
Attariya Hospital

यदि सोमबारको खेल वर्षाका कारण रद्द भयो भने दुवै टोलीलाई समान एक–एक अंक प्राप्त हुनेछ। यस अवस्थामा यूएईको ७ र नेपालको ६ अंक हुनेछ, र नेपालले थाइल्याण्डलाई हराए मात्र ग्लोबल छनोट पुग्नेछ।

थाइल्याण्डको प्रभावशाली जितपछि सुपर थ्रीको समिकरण रोचक मोडमा पुगेको छ। अब नेपाल र युएईबीचको भिडन्त नै निर्णायक बन्ने निश्चित छ। नेपाली टोलीलाई अब जित बाहेक अन्य कुनै विकल्प छैन।

# ट्रेण्डिङ