देशभर मौसम अस्थिर: हावाहुरी, चट्याङ, वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायम रहेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

महाशाखाले जारी गरेको विवरण अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको अवस्था:

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकीसहित बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा र अन्य भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

मधेस र कोशी प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरीको सम्भावना समेत रहेको विभागले जनाएको छ।

रातिको अवस्था:

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशसहित अन्य पहाडी क्षेत्रका एकदुई स्थानहरूमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

विभागले मौसमको यस अस्थिर अवस्थाका कारण सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।
साथै,


आज सूर्योदय बिहान ५:१२ बजे भएको थियो भने सूर्यास्त साँझ ६:४९ बजे हुनेछ।

# ट्रेण्डिङ