राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त हुनुभएको छ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने।

CP Hospital Dhangadhi

गभर्नर नियुक्तिको विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्त प्रक्रिया अगाडि बढेको थियो।

Attariya Hospital

त्यसलगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठक बसेको थियो। समितिको बैठकले पौडेलको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। यसअघि गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो। निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते नियमित अवकाशमा गएका थिए। त्यसपछि रिक्त रहेको गभर्नर बन्न ठूलो रस्साकस्सी भएको थियो। सामाजिक सञ्जालमा चर्को बहस हुन थालेपछि कांग्रेस सभापति देउवाले सार्वजनिकरूपमै गभर्नर नियुक्त प्रधानमन्त्रीका कारण ढिलाइ नभएको प्रस्टीकरण दिएका थिए। उनले गभर्नर कांग्रेसले पाउने सहमति भएको र राष्ट्र बैंकको आन्तरिक कारणले नियुक्तिमा ढिलाइ भएको बताएका थिए।

nawajiwan

यसअघि विभिन्न व्यक्तिको नाम चर्चामा रहे पनि अन्त्यमा डा. पौडेल गभर्नर बन्न सफल भएका हुन्। चितवन निवासी पौडेल गत संसदीय निर्वाचनमा पराजित भएका थिए। चितवन क्षेत्र नं १ मा कांग्रेसबाट उम्मेदवार बनेका पौडेले तेस्रो स्थान कायम गरेका थिए। त्यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। उपाध्यक्षबाट राजीनामा दिएर उनी संसदीय राजनीतिमा होमिएका थिए। योजना आयोगको उपाध्यक्ष बनेपछि उनले मुलुकको विकास योजनामा सुधार ल्याउनका लागि विभिन्न पहलहरू गरेका थिए।

Advertize US