
हाल देशभर पश्चिमी वायु, स्थानीय प्रणाली, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसम अस्थिर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी तथा उच्च भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना उच्च रहेको छ।


दिउँसो तथा राति अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपात समेतको सम्भावना रहेकोले जनजीवनमा प्रत्यक्ष असर पर्न सक्ने महाशाखाको चेतावनी छ।
मौसमी अवस्था कारण:
-
दैनिक जनजीवन प्रभावित हुने सम्भावना
-
कृषि क्रियाकलापमा अवरोध
-
स्वास्थ्यमा जोखिम
-
सडक तथा हवाई यातायातमा अवरोध
महाशाखाले जोखिमपूर्ण क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन, खुला स्थानमा नबस्न र यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ।



















