सम्पत्ति शुद्धीकरण मुद्दामा बमजन पुनः थुनामा, ८ करोडभन्दा बढीको बिगो

Image
Nisarga Hospital

सम्पत्ति शुद्धीकरण मुद्दामा विवादास्पद तपश्वी रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बमजनलाई थुनामा पठाउने आदेश दिएको हो।

CP Hospital Dhangadhi

आफ्नै उपस्थितिमा अदालतमा पेश भएका बमजनविरुद्ध थुनछेक बहसपछि अदालतले पुर्पक्ष थुनाको आदेश दिएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी ८ करोड ५९ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। चितवनमा रहेको ६४ लाख मूल्यको जग्गा र बरामद नगदसमेतलाई मुद्दामा संलग्न गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामो अनुसन्धानपछि २०८० पुस २४ गते काठमाडौंबाट बमजनलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा विभिन्न १७ देशका विदेशी मुद्रासहित ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको नगद तथा ३ करोड ३४ लाख रुपैयाँ नेपाली रुपैयाँ बरामद गरिएको थियो।

nawajiwan
Attariya Hospital

यसअघि, बलात्कार मुद्दामा सर्लाही अदालतले उनलाई १० वर्षको कैद सजाय र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको थियो। तर, उच्च अदालत जनकपुरले सो फैसलालाई उल्ट्याउँदै २०८० चैत ६ गते उनलाई सफाइ दिएको थियो।

फैसलापछि जेलमुक्त भएका बमजन अब सम्पत्ति शुद्धीकरण मुद्दामा पुनः कारागार चलान भएका छन्। घटनाले बमजनको कथित अध्यात्मिक छविमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

# ट्रेण्डिङ