
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा राजसंस्थाको समर्थनमा प्रदर्शन गरिएको छ। सहभागीहरू विभिन्न नारा लगाउँदै राजसंस्थाको पुनःस्थापनाको माग गरिरहेका थिए।


प्रदर्शनमा सहभागी समूहले हालको राजनीतिक नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै, हिन्दू राष्ट्र पुनःस्थापनासहित राजसंस्थाको भूमिकाबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्। केही सहभागीहरूले शान्तिपूर्ण रूपमा आफ्ना माग सार्वजनिक गरिरहेका थिए भने, केहीले भावनात्मक नाराबाजीसमेत गरेका थिए।
उक्त प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका केही सञ्चारकर्मीहरूका अनुसार शान्तिवाटिकामा उपस्थित हुनेको संख्या क्रमशः बढिरहेको देखिएको छ। आन्दोलनमा सहभागी भएकामध्ये केहीले पूर्वराजाबाट आएको अपिलप्रति समर्थन जनाउँदै आन्दोलनमा सक्रिय भएको प्रतिक्रिया दिएका छन्।
प्रदर्शनमा संलग्न समूहले कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गरिने बताएका छन्।



















