
रोयल च्यालेन्जर्स बंगलोर (आरसिबी) नौ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायर खेलमा उसले पञ्जाब किङ्सलाई आठ विकेटले हराएको हो। पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमै दुई विकेटको क्षतिमा सहजै पूरा गर्यो। फिल साल्टले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए। मयंक अग्रवालले १९, रजत पाटीदारले १५ रन जोडे।

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जाब १४.१ ओभरमै १०१ रनमा अलआउट भयो। मार्कस स्टोइनिस (२६), ओमारजाई (१८), र प्रभसिमरन सिंह (१८) बाहेक अन्यले निराश जनाए। आरसिबीका जोश हेजलवुड र सुयश शर्माले तीन–तीन विकेट लिए भने यश दयालले दुई विकेट लिए।

अब आरसिबी फाइनल खेल्नेछ भने पञ्जाबले एलिमिनेटर चरणमा प्रतिस्पर्धा गर्नेछ।




















