
नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद सञ्चालन हुन नदिने निर्णय गरेको छ। शुक्रबार बिहान खु्मलटारमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध रहने स्पष्ट पारे। विपक्षी दलहरू पनि गृहमन्त्रीको राजीनामा र घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएका छन्।

तर, सत्तारूढ पक्षले गृहमन्त्री लेखकको राजीनामा आवश्यक नरहेको भन्दै छानबिन आयोग गठन नगर्ने अडान राखेको छ। गृहमन्त्री लेखकले आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको र आफ्ना विरुद्ध लागेका आरोपहरूमा कुनै सत्यता नरहेको दाबी गर्दै आएका छन्।




















