आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै क्वालिफायर–२ मा स्थान पक्का

Image
Nisarga Hospital

आईपीएल २०२५ को एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै क्वालिफायर–२ मा स्थान पक्का गरेको छ। अब मुम्बईले फाइनल प्रवेशका लागि आइतबार, जुन १ मा पञ्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

CP Hospital Dhangadhi

मुम्बईले नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर २२८ रन बनायो। रोहित शर्माले ५० बलमा ८१ रनको उत्कृष्ट पारी खेले, जसमा ९ चौका र ४ छक्का समावेश थिए। जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३ तथा कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए।

Attariya Hospital

जवाफमा गुजरात ६ विकेट गुमाउँदै २०८ रनमै सीमित रह्यो। साई सुदर्शनले ८० रनको साहसी प्रयास गरे भने वाशिङ्गटन सुन्दरले ४८ रन बनाए। ट्रेन्ट बोल्टले कप्तान शुभमन गिललाई सुरुमै एलबीडब्लु आउट गरे। ग्लीसन, स्यान्टनर र बुमराहले समेत महत्त्वपूर्ण विकेट लिए।

nawajiwan

गुजरातका प्रसिद्ध कृष्णा र साई किशोरले समान २–२ विकेट लिए पनि टोलीको जितको आशा पुरा हुन सकेन। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै मुम्बईले उपाधि यात्रालाई अझ अगाडि बढाएको छ।

Advertize US