
देशभर विभिन्न प्रणालीहरूको प्रभावले मौसम बदली भएको छ। हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायु, र कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेकाले अधिकांश क्षेत्रमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कोशी, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसोको पूर्वानुमान:
-
कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
-
अन्य भूभागमा मौसम सामान्यतः सफा वा आंशिक बदली रहनेछ।
-
ती प्रदेशहरूका केही स्थानमा तथा अन्य भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
-
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ।
आज रातिको पूर्वानुमान:
-
कोशी, मधेस तथा देशका पहाडी भूभागका थोरै स्थानमा, र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
-
उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना यथावत् छ।
⚠️ महाशाखाको अनुरोध:
मौसमको यस अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सावधानी र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई अनुरोध गरेको छ।

















