सुनसरीमा चर्को गर्मीका कारण विद्यालय तीन दिनसम्म बन्द

Image
Nisarga Hospital

सुनसरी जिल्लामा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्। इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले अत्यधिक तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न थालेपछि सतर्कता स्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएका हुन्।

CP Hospital Dhangadhi

इनरुवा नगरपालिकाले असार २८, २९ र ३० गते तीन दिनका लागि सम्पूर्ण विद्यालयहरू बन्द रहने जानकारी गराएको छ। गर्मीका कारण डिहाइड्रेसन, चक्कर र थकानजस्ता समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो। इटहरी उपमहानगरपालिकाले पनि असार २८ गते (१ दिन) विद्यालय बन्द गर्ने जनाएको छ।

Attariya Hospital

गर्मी अझै स्थिर नभएको हुँदा अन्य पालिकाहरूमा पनि विदाबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।

nawajiwan

स्वास्थ्य विशेषज्ञले बालबालिका र वृद्धहरूलाई विशेष सावधानी अपनाउन, पानी प्रशस्त पिउन, हल्का कपडा लगाउन र घामबाट जोगिन सल्लाह दिएका छन्।

Advertize US