अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान

Image
Nisarga Hospital

नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो।

CP Hospital Dhangadhi

मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान ८ बजेबाट मतदान हुने तालिका थियो। यद्यपि मतदान सरेर आज बिहानबाट मात्रै हुने भएको हो।

बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने बताइएको छ। उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ।

nawajiwan
Attariya Hospital

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन्। उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ।

महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन्।

Advertize US