न्यायाधीशलाई कालोमोसो: अफ्ताब आलमलाई सफाइ दिएपछि जनआक्रोश

Image
Nisarga Hospital

मानवहत्या आरोपमा थुनामा रहेका पूर्वसांसद अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर वीरगञ्ज इजलासको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतसम्बद्ध कार्यकर्ताहरुले न्यायाधीशलाई कालोमोसो दलेका छन्।

CP Hospital Dhangadhi

बिहीबार वीरगञ्जस्थित जिल्ला अदालत परिसरमा उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारुलाई कालोमोसो दलिएको हो। उनीसहित अदालतका केही कर्मचारीमाथि दुर्व्यवहारसमेत गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रोशित समूहले ‘जनताको कर खाने, जनताको विरोधमा फैसला गर्ने छुट छैन’ भन्दै नाराबाजी पनि गरेका थिए।

आरोपित समूह नेकपा बहुमतका कार्यकर्ता भएको दाबी गरिएको छ। उनीहरूले उच्च अदालतको निर्णयले न्याय मर्यो भन्दै प्रदर्शन गर्दै मोसो दल्ने कार्य गरेका हुन्।

nawajiwan
Attariya Hospital

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले घटना थाहा पाउनेबित्तिकै आफूहरू घटनास्थलतर्फ गएको जानकारी दिए। “हामीले पनि यो घटनाबारे भर्खरै मात्र जानकारी पाएका हौँ। विस्तृत विवरण बुझ्न घटनास्थलतर्फ जाँदैछौं,” उनले भने।

जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्जको इजलास — न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जन — ले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै अफ्ताब आलमलाई सफाइ दिएको थियो।

रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई विस्फोटक पदार्थ प्रयोग गरी हत्या, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो। उक्त निर्णय उल्टाएर उच्च अदालतले सफाइ दिएपछि न्यायिक निर्णयप्रति जनआक्रोश चुलिएको हो।